

-रामचन्द्र दुलाल-
काठमाडौं, २१ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले केपी ओली नेतृत्वको सरकारको दिनगन्ति सुरु भएको बताएका छन् । सिन्धुपाल्चोकको बाह्रविसेमा आयोजित विरोधसलाई सम्बोधन गर्दै बस्नेतले सरकारका विरुद्ध कांग्रेसले संसद,सडकबाट आन्दोलनको आधिबेरी सिर्जना गर्ने बताएका हुन् ।

विरोधसभालाई सम्बोधन गर्दै बस्नेतले बर्तमान सरकार अधिनायकवादी र निरंकुश बन्दै गएकोले सरकारका विरुद्ध शसक्त प्रतिवादमा उत्रिन पार्टी कार्यकर्ता र आम जनतलाई आह्वान समेत गरे । सरकारले संविधान,संसदीय मूल्य मान्यताको खिल्ली उडाएको छ बस्नेतले भने सरकारका कारण मुलकमा दण्डहिनताको स्थिति सिर्जना भएको छ । बलात्कारी र भ्रष्टचारीहरुको संरक्षणमा लागेको सरकार जनजीविकाका विषयमा बेखवर जस्तै छ उनले बताए । उल्टोबाटमा हिडेको सरकारबाट मुलुकको संमृद्धि असंभव रहेको दाबी समेत बस्नेतले गरे ।
विश्वबाट असफल सावित भएको कम्युनिष्ट शासन व्यवस्था नेपालमा लाद्ने दिवा सपना नदेख्न उनले आग्रह गरे । लोकतान्त्रिक शासन व्यवस्थाको विपक्षमा सरकार उभिए कम्युनिष्टहरुको हालत राणा र राजाको जस्तै हुने बस्नेतले ठोकुवा गरे । कार्यक्रम क्षेत्रिय सभापति बालकृष्ण बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।

विरोध सभामा नेपाली कांग्रेसका महासमिति सदस्य हरिशरण श्रेष्ठ, युवा नेता प्रेमध्वज लामा लगायतले सम्बोधन गरेका थिए । यसै गरि सिन्धुपाल्चोकको चौतारामा पनि नेपाली कांग्रेसले विरोध सभा गरेको छ ।


