

काठमाडौं, २१ माघ । सगरमाथाको नयाँ उचाइको निक्र्योल अब एक वर्षपछिमात्रै हुने भएको छ । भूकम्पका कारण सगरमाथाको उचाइ घटबढ हुनसक्ने अनुमान गर्दै सरकारले पहिलोपटक नयाँ उचाइ मापन कार्य अघि बढाइरहेको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
नेपाल आफैंले पहिलोपटक नाप्न थालेको सगरमाथा उचाइ मापन कार्य सम्पन्न हुन अझै ११ महिना लाग्ने नापी विभागले जनाएको छ ।विभागको सक्रियतामा २०७४ फागुनदेखि सगरमाथाको उचाइ मापन कार्य सुरु गरिएको थियो । यो खबर आजको राजधानी दैनिकबाट लिएका हौं ।