

काठमाडौं, २० माघ । नेपाली काँग्रेसले भेनेजुएलाको राजनीतिक घटनाक्रमका विषयमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति गलत भएको बताएको छ ।
आज संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले नेपालको विकास निर्माण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको अमेरिकासँग सम्बन्ध बिग्रने गरी अभिव्यक्ति सार्वजनिक गर्न नहुने निश्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले अमेरिकाको खिलापमा सत्तासिन नेकपाका अध्यक्षले गरेको सार्वजनिक अभिव्यक्ति गलत भएको प्रतिक्रिया दिनुभयो । केही समयअघि दाहालले पार्टीका तर्फबाट विज्ञप्ति निकालेर भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको विरोध गर्नुभएको थियो ।
भेनेजुएलाको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीहरुले हस्तक्षेप गरेको भन्दै दाहालले टिप्पणी गरेको बिषयलाइ लिएर बहस भइरहेको छ ।