काठमाडाैं, १४ माघ । सिन्धुपाल्चोकको डुब्लेडाँडामा सवारी दुर्घटनामा परी गम्भीर घाईते भएका सुनकोशी गाँउपालिका वडा नम्बर ६ थुम्पाखर ७ किलो निवासी अमृत पराजुलीलाई स्वास्थ्य उपचार सहयोग प्रदान गरिएको छ ।
पराजुलीको स्वास्थ्य अवस्था बुझ्दै नेपाली कांग्रेस मार्मिङ इकाई सभापति पासाङ नोर्वु लामाले आज आर्थीक सहयोग गर्नुभएको हो । सो अवसरमा वडा अध्यक्ष रामकुमार थापा, वडा सदस्य रुपकाजी लामा लगायत ह्याम्स अस्पतालमा पुगी शिर्घ स्वास्थ्य लाभ कामना गर्नुभएको छ ।