राजधानीमा सरकारविरुद्ध नेविसंघको प्रदर्शन

राजधानीमा सरकारविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले बुधबार सरकारविरुद्ध प्रदर्शन राजधानीमा गरेको छ। चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशरत डा। गोविन्द केसीका कामगको सम्बोधन गर्न र निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको विरुद्धमा नेविसंघले माइतिघरमा प्रदर्शन गरेको हो। माइतीघरबाट शुरु भएको जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ अघि बढेको छ।

प्रदर्शनका क्रममा संघले कम्युनिष्ट सरकारलाई १६ प्रश्न गरको छ। जसमा केसीको मागबाट सरकार किन पछि हट्योरु निर्मला पन्तका हत्यारालाई किन जोगाउँदैछ सरकाररु, ३३ किलो सुन प्रकरण कहाँ पुग्यो लगायतका समसायिमक र शैक्षिक गरी १६ बुँदे प्रश्न सोधिएको छ।

त्यस्तै, सरकारको योजना अनुसार नै प्रतिपक्षी दललाई सदनमा विरोध गर्न बाध्य बनाएको भन्दै प्रदर्शनमा सहभागीहरुले सरकार विरोध नारा लगाएका छन्। संसदमा मातृ पार्टी कांग्रेसले आफ्ना नेताको नाममा स्थापना गर्न लागिएको अस्पताललाई सरकारले बिघटन गर्न खोजेको र डा केसीको माग सम्बोधनको माग गर्दै बैठक अवरुद्ध गरिरहँदा नेविसंघले सडकमा पनि सरकारको विरोधमा प्रदर्शन गरेको हो।

यसअघि नेविसंघले मंगलबार केसीको माग पूरा गर्नुपर्ने, सरकारको निरंकुशता शैली रोकिनु पर्ने, बढ्दो महँगी नियन्त्रण गर्नुपर्ने, निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्नुपर्ने माग गर्दै संसद् भवनबाहिर सरकारविरुद्ध प्रदर्शन गरेको थियो।