नेविसंघ अधिवेशनमा झडप, आज प्रतिनिधिहरुको नामावली प्रकाशन हुने

नेविसंघ अधिवेशनमा झडप, आज प्रतिनिधिहरुको नामावली प्रकाशन हुने

ओखलढुंगा, ८ माघ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ ओखलढुंगाको जिल्ला अधिवेशनमा हिजो झडप भएको छ । लामो समयदेखि हुन नसकेका जिल्ला अधिवेशन माघ ७ गते उदघाटन सत्र भनिएपनि उदघाटन नहुदै झडप भएको हो ।

झडपमा केही नेताहरु घाइते भएको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार जिल्ला पार्टी उपसभापति तेजेन्द्र खनालले केही नेताहरुलाई कुटपीट तथा लछारपछार गरेको जानकारी प्राप्त भएको छ । खनालको कुटाइबाट महाधिवेशन प्रतिनिधि बालकृष्ण दाहाल, लिला बल्दव दाहाल (काका) पूर्व जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधी गोमा केसी घाइते भएको जानकारी प्राप्त भएको छ । घाइतेहरुको जिल्ला सदरमुकाम नजिकै रहेको मिसन अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।

यस विषयमा उपसभापति तेजेन्द्र खनालसंग टेलिफोन सम्पर्क गर्दा खनालले आफुले कुटपीड नगरेको बताएपनि अधिवेशन भाडन खोजेपछि विद्यार्थीहरुले प्रतिकार गर्दा भीडभाडमा के के भयो आफुलाई थाहा नभएको बताए ।

यसैबीच अधिवेशनमा झडप भएपछि केन्द्रीय प्रतिनिधि पवन नेपालीले विज्ञप्ती निकाल्दै अधिवेशन स्थगित भएको बताएका छन् ।

विज्ञप्तीमा उल्लेख गरिए अनुसार नेविसंघका जिल्ला सभापति प्रदीप बानियाले उदघाटन सत्र सुरु हुन लाग्दा समेत प्रतिनिधिहरुको नामावली नबुझाएको तथा पार्टीका जिल्ला सभापति प्रदीपकुमार सुनुवारले उदघाटन सत्रमा ठाडो हस्तक्षेप गरी कब्जा गरेका भन्दै जिल्ला अधिवेशन स्थगित गरिएको उल्लेख गरिएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज प्रतिनिधिहरुको नामावली प्रकाशन गरिने छ ।