माइक्रो बसले ठक्करले दिदीको मृत्यु, भाइ घाइते

माइक्रो बसले ठक्करले दिदीको मृत्यु, भाइ घाइते

नवलपरासी, ८ माघ । पश्चिम नवलपरासीको बर्दघाटमा हिजो माइक्रोबसले ठक्कर दिदा एक बालिकाको मृत्यु भएको छ ।

घटनामा अर्का एक बालक घाइते भएका छन् । बर्दघाट नगरपालिका ४ स्थित त्रिबेणी बसपार्कभित्र बस कुरिरहेका विनयी त्रिबेणी गाउँपालिका ७ रानिनगर फर्साटाडीका ७ वर्षका बालिका शितल बोटेको माइक्रोबसले ठक्कर दिदा मृत्यु भएको हो ।

घटनामा उनका भाइ ५ वर्षका आर्यन बोटे घाइते भएका छन् । लु १ ख ७२९६ नम्बरको उक्त बाइक्रोबस बर्दघाट बुटवलको रुटमा चल्ने गर्दथ्यो । ईलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार घाइते बोटेलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । ठक्कर दिने माइक्रोबस र चालक ईलाका प्रहरी काार्यलय दर्बघाटको नियन्त्रणमा रहेको बर्दघाट प्रहरी प्रमुख बुद्धि सागर पुरीले जानकारी दिनुभएको छ ।