काठमाडौँ, ७ माघ । सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकाश बोर्डकी अध्यक्ष निकिता पौडेलबीच बजारमा चलेको चर्चा आज पुष्टी भएको छ । अन्ततः सञ्चारकर्मी लामिछाने र चलचित्र विकाश बोर्डकी अध्यक्ष पौडेल विवाह बन्धनमा बाँधिएका छन् । रवि र निकिताले आज काठमाडौँ जिल्ला अदालतबाट कोर्ट म्यारिज गरेका हुन्। केही समययता यी दुई प्रेम सम्बन्धमा रहेको र चाँडै विवाह गर्ने चर्चा चलेको थियो।
पहिलाकी श्रीमतीसँग डिभोर्स गरे लगत्तै सञ्चारकर्मी रविले चलचित्र विकास बोर्डकी अध्यक्ष पौडेलसँग अदालती विवाह गरेका हुन् ।निकतासँग बिहे गर्नकै लागि रवीले आफूलाई डिभोर्स दिएको आरोप उनकी पूर्वपत्नी ईशा श्रेष्ठले लगाउँदै आएकी छन् । त्यसो त निकिता पनि डिभोर्सी नै हुन् ।
आज फेसबुकमा स्टाटस लेखेर रवीले निकितासँग बिहे गरेको जानकारी दिएका हुन् । उनले लेखेका छन् ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा विवाह दर्ता गरेका छौ। हामी दुवैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनका लागि शुभकामना मात्र चाहन्छौं।’
उनले आगामी वैशाखमा परम्परागत रुपमा फेरि बिहे गर्ने पनि बताएका छन् । आफूहरु दुवैजना यो निर्णयबाट खुशी रहेको रवीले बताएका छन् । उनले सुखद दाम्पत्य जीवनको लागि शुभकामनाको चाहना राखेका छन् । यसैबीच रविकी पूर्व पत्नी ईशाले रवीलाई चौंथो सम्वन्धका लागि शुभकामना दिएकी छिन् ।
उनीहरु आगामी वैशाखमा बिहे गर्ने तयारीमा छन्। पछिल्लो समय उनी दुई लिभिङ टुगेदरमा रहेको चर्चा थियो। अहिले उनीहरुलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो लागेकाे छ। निकिता पनि डिभोर्सी हुन्। निकिताको एक छोरी छ भने रवि दुई छोरीका बावु हुन्।