आच्छु ! आच्छु! अझै बढ्ने भो उपत्यकामा चिसो ,किन र कहिलेसम्म त ?

आच्छु ! आच्छु! अझै बढ्ने भो उपत्यकामा चिसो ,किन र कहिलेसम्म त ?

काठमाडौं,२२ पुस। चिसो मौसमसँगै उपत्यकालगायत देशभर जाडोको महसुस गरिएको छ।

जाडो बढेसँगै यो बर्ष उपत्यकाको तापक्रम सबैभन्दा कम १.५ डिग्रीसम्म पुगेको खबर छ।

शुक्रबार भने उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यो बर्ष बिहीबार सबैभन्दा कम तापक्रम मापन गरिएको जनाएको छ।

महाशाखाले चिसो अझै बढ्न सक्ने बताएको छ। चिसो मौसमका कारण हुने रोगले जनजीवन प्रभावित हुन थालेको छ।

चिकित्सकले वृद्धवृद्धा तथा बालबालिका जाडो मौसमले बढी प्रभावित हुने भएकाले उनीहरुलाई जाडोबाट बचाउन सुझाव दिएका छन्। आजको गोरखा पत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्।