नेप्से ८.६६ अंकले बढ्यो, कारोबार रकम ६ अर्ब नाघ्यो

नेप्से ८.६६ अंकले बढ्यो, कारोबार रकम ६ अर्ब नाघ्यो

काठमाडौं । साताको कारोबारको बुधबार सेयर बजार परिसूचक नेप्से ८.६६ अंकले बढेर २ हजार ६४७ अंकमा कायम भएको छ । अघिल्लो दिन पनि नेप्से १५.३९ अंकले बढेको थियो ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । अघिल्लो दिन ५ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

बुधबार १७० कम्पनीको सेयर मूल्य बढ्दा १०१ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

यस दिन विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । उक्त समूहको सूचक सबैभन्दा धेरै ०.९९ प्रतिशतले बढेको छ । अघिल्लो दिन भने वाणिज्य बैंक समूह सबैभन्दा धेरै बढेको थियो ।

बुधबार बैंकिङ समूह ०.२४, फाइनान्स ०.०७, जलविद्युत् ०.८८, लगानी ०.४०, जीवन बीमा ०.५१, निर्जीवन बीमा ०.१०, अन्य ०.१२ तथा व्यापार समूह ०.५० प्रतिशतले बढेका छन् ।

यस्तै, माइक्रोफाइनान्स ०.०९, होटल तथा पर्यटन ०.०४ र उत्पादन तथा प्रशोधन समूह ०.३६ प्रतिशतले घटेका छन् ।

मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १०.९८ प्रतिशतले बढेको छ । हिमालय ऊर्जा विकासको ८.६२, कालिका लघुवित्तको ५.९६, मानुषी लघुवित्तको ५.५७, सिन्धु विकास बैंकको ५.०९ र छ्याङ्दी हाइड्रोपावरको ४.८० प्रतिशतले मूल्य बढेको छ ।

त्यस्तै, उन्नति सहकार्य लघुवित्तको मूल्य ३.३०, ओम मेगाश्री फर्मास्युटिकल्सको २.९४, सीवाईसी लघुवित्तको २.८२ र कालिन्चोक हाइड्रोपावरको २.७० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा हिमालय ऊर्जा विकास कम्पनी, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, हिमालयन पावर पार्टनर, लक्ष्मी सनराइज बैंक र शिवम् सिमेन्ट अगाडि रहेका छन् ।