नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त सीईओ सुवेदीलाई बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्नुभएको छ। नियुक्तिपत्र प्रदान गर्दै अर्थमन्त्री वाग्लेले इमानदारी र जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न उहाँलाई निर्देशन दिनुभयो।