

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन थालेको छ। चक्रवातको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली भएको छ। काठमाडौं उपत्यकामा बिहीबार साँझदेखि सामान्य वर्षा भइरहेको छ। शुक्रबार पनि आकाश धुम्म रहने तथा देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। त्यस्तै, उच्च हिमाली र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसममा आएको परिवर्तनले जनजीवनसँगै हवाई तथा सडक यातायातमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।