

गाउँमाथिको अठपाली भन्ने स्थानमा खर काट्न गएका बेला जोशी भीरबाट खसेर चट्टानमा बजारिएका थिए। गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्षका आफन्त रामचन्द्र जोशीले जानकारी दिए।
जोशी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए। यसअघि २०७४ सालको निर्वाचनमा पनि उनी नेकपा (एमाले) बाट सोही वडाको वडाध्यक्ष निर्वाचित भएका थिए।