राष्ट्रपति पौडेलले लगाए दसैँको टीका, बिहान १०:२६ बजे ग्रहण गरे प्रसाद

राष्ट्रपति पौडेलले लगाए दसैँको टीका, बिहान १०:२६ बजे ग्रहण गरे प्रसाद

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको शुभसाइतमा टीका, जमरा र आशीर्वाद ग्रहण गरेका छन्।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरु–पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेका हुन्।

विगतका वर्षमा विजयादशमीका दिन राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रमसमेत आयोजना गर्ने गरेका थिए। तर, गत वर्षदेखि मुलुकले विषम परिस्थितिको सामना गर्नुपरेको र शान्तिपूर्ण तथा हर्षोल्लासपूर्ण वातावरण नरहेको भन्दै उक्त कार्यक्रम सञ्चालन गरिएको छैन।