महाअष्टमीमा राष्ट्रपति पौडेलद्वारा काठमाडौंका शक्तिपीठको दर्शन

महाअष्टमीमा राष्ट्रपति पौडेलद्वारा काठमाडौंका शक्तिपीठको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गरेका छन्।

राष्ट्रपति पौडेलले सोमबार नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान र भद्रकालीलगायत शक्तिपीठमा पुगेर पूजाआराधना गर्नुका साथै टीका तथा प्रसाद ग्रहण गरेका हुन्।

बडादसैँको महाअष्टमीका दिन शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने धार्मिक परम्पराअनुसार राष्ट्रपति पौडेलले विभिन्न देवी मन्दिरमा पुगेर दर्शन गरेका हुन्।

राष्ट्र प्रमुखका रूपमा राष्ट्रपतिले प्रत्येक वर्ष बडादसैँका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहँदै आएको छ।