CG Digital को दसैं-तिहार अफर : २५ प्रतिशतसम्म छुट, ६ जनालाई लक्की ड्रबाट उपहार

CG Digital को दसैं-तिहार अफर : २५ प्रतिशतसम्म छुट, ६ जनालाई लक्की ड्रबाट उपहार

काठमाडौं । नेपालीहरूको महान् चाड दसैं तथा तिहारलाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको CG Digitalले ‘घरको खुसी, दसैं तथा तिहारको उमंग’ नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ।

सेप्टेम्बर २९ देखि लागू गरिएको योजनाअन्तर्गत ग्राहकले घरायसी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सका विभिन्न उत्पादनमा २५ प्रतिशतसम्म छुट पाउनुका साथै ‘सोर सट गिफ्ट’ र ‘लक्की ड्र’मार्फत थप उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार देशभर सञ्चालनमा रहेका २८ वटा CG Digital तथा LG Brand Shop शोरुममार्फत ग्राहकले LG, CG, TCL, Godrej, Midea, Crompton, Beko, Sensei, Kent, Elica, CG Meridia, Black+Decker र Burly लगायतका इलेक्ट्रोनिक्स तथा होम अप्लायन्स ब्रान्ड उपलब्ध हुनेछन्। त्यस्तै Nothing, Motorola र Ai+ लगायतका मोबाइल ब्रान्डसमेत एउटै प्लेटफर्ममा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

६ जनाले लक्की ड्रमार्फत उपहार पाउने

दसैं-तिहार योजनाअन्तर्गत ६ जना भाग्यशाली ग्राहक लक्की ड्रमार्फत छनोट हुनेछन्। विजेताले विभिन्न आकर्षक स्मार्टफोन तथा अन्य उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ।

विभिन्न उत्पादनमा पक्का उपहार

योजनाअन्तर्गत निश्चित उत्पादन खरिदमा तत्काल उपहारको व्यवस्था गरिएको छ। ८ तथा ९ केजीका वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल र १० केजीसम्मको वाशिङ मेसिन कभर निःशुल्क दिइनेछ। डिसवाशर खरिदमा दुईवटा वाशिङ ट्याब्लेट, ४३ देखि ६५ इन्चका एलईडी टीभी खरिदमा वाल ब्राकेट तथा एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

ईएमआईदेखि एक्सचेन्जसम्म सुविधा

योजनामा ग्राहकका लागि शून्य प्रतिशत ब्याजदरमा ईएमआई, एक्सचेन्ज तथा ईएमआई सुविधा, निःशुल्क डेलिभरी, योग्य उत्पादनमा एक्सचेन्ज बोनसलगायतका सुविधा समेटिएका छन्। त्यस्तै, प्रिभेन्टिभ मेन्टेनेन्स सर्भिस (पीएमएस), लोयल्टी क्लब रिवार्ड कार्यक्रम तथा विभिन्न उत्पादनमा थप ग्राहक सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

CG Digital ले ‘अल ब्रान्ड्स इन वन रूफ’ अवधारणाअन्तर्गत विभिन्न ब्रान्डका उत्पादन एउटै स्थानमा उपलब्ध गराउँदै ग्राहकलाई मूल्य, सुविधा र विशेषताका आधारमा उत्पादन छनोट गर्न सहज वातावरण प्रदान गर्दै आएको जनाएको छ।

देशभरका २८ वटा शोरुममार्फत सेवा दिँदै आएको CG Digital ले दसैं तथा तिहारको अवसरमा टीभी, फ्रिज, वाशिङ मेसिन, एयर कन्डिसनर, डिसवाशर, माइक्रोवेभ, एयर फ्रायर, भ्याकुम क्लिनरलगायतका विभिन्न इलेक्ट्रोनिक्स तथा होम अप्लायन्स खरिदमा योजना लागू गरेको जनाएको छ। योजनाका विस्तृत नियम तथा सर्तहरूका लागि नजिकैको CG Digital शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ। नियम तथा सर्तहरू लागू हुनेछन्।