

काठमाडौं । नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै सेन्साइ (Sensei) ले विशेष उत्सव योजना सार्वजनिक गरेको छ। ‘अँध्यारोपछि उज्यालो आउँछ। यो दसैँ, आशा नछोडौँ। हामी सँगै छौँ’ भन्ने सन्देशसहित ल्याइएको योजनामा ३० हजार १०० रुपैयाँसम्म क्यासब्याक, पक्का उपहार तथा बम्पर उपहारको व्यवस्था गरिएको छ।
योजनाअन्तर्गत सेन्साइका विभिन्न घरायसी तथा इलेक्ट्रोनिक्स सामग्री खरिद गर्ने ग्राहकले क्यासब्याक पाउनेछन्। योजनामा वाशिङ मेसिन, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कूलर, भ्याकुम क्लिनरलगायतका उत्पादन समावेश गरिएको कम्पनीले जनाएको छ।
सेन्साइले योजनाअन्तर्गत वाशिङ मेसिन खरिद गर्ने ग्राहकका लागि पक्का उपहारको व्यवस्था गरेको छ। फ्रन्टलोड वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल तथा सेमी–अटोमेटिक वाशिङ मेसिन खरिदमा २ केजी सर्फ एक्सेल निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।
त्यस्तै, योजनामा सहभागी ग्राहकले सेन्साइ डाइरेक्ट ड्राइभ वाशिङ मेसिन बम्पर उपहारमा जित्ने अवसरसमेत पाउनेछन्। बम्पर उपहारका लागि योजनामा उपलब्ध क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण दर्ता गर्न सकिनेछ। सेन्साइले डाइरेक्ट ड्राइभ प्रविधियुक्त वाशिङ मेसिनमार्फत आधुनिक प्रविधि, सहज प्रयोग तथा प्रभावकारी धुलाई अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।
उपभोक्ताको खरिदलाई थप सहज बनाउन योजनामा शून्य प्रतिशत ब्याजदरमा ईएमआई तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध गराइएको छ। क्यासब्याक, पक्का उपहार, बम्पर उपहार तथा किस्ताबन्दी सुविधालाई एउटै योजनामा समेटेर दसैँको किनमेललाई सहज र आकर्षक बनाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको हो। दसैँलाई परिवारसँग खुसी, आशा र आत्मीयता बाँड्ने अवसरका रूपमा प्रस्तुत गर्दै अभियान तयार गरिएको सेन्साइले जनाएको छ।
चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालमा सेन्साइका उत्पादन उपलब्ध गराउँदै आएको छ। नेपालभरका आधिकारिक डिलर, २२ वटा सीजी डिजिटल शोरुम तथा cgdigital.com.npमार्फत सेन्साइका विभिन्न उत्पादन खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
उपभोक्ताले आफ्नो परिवारको आकार, आवश्यकता तथा जीवनशैलीअनुसार वाशिङ मेसिन, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कूलर, भ्याकुम क्लिनरलगायत विभिन्न घरायसी तथा इलेक्ट्रोनिक्स उपकरण छनोट गर्न सक्नेछन्।
कम्पनीले आधुनिक प्रविधि, उपयोगिता र उपभोक्तामैत्री सुविधालाई प्राथमिकतामा राख्दै नेपाली बजारमा विभिन्न उत्पादन उपलब्ध गराउँदै आएको जनाएको छ। योजनाका लागि लागू हुने सर्तहरू सम्बन्धित कम्पनीले तोकेअनुसार रहनेछन्।