

काठमाडौं । ललितपुरको धापाखेलमा पहिरोले साढे ३ तले एउटा घर पूर्णरूपमा ढलेको छ। ललितपुर महानगरपालिका-२४ स्थित प्रगति टोलमा सोमबार बिहान पहिरोमा परी मन्जुकुमारी राईको घर ढलेको नगर प्रहरी विज्ञ सीताराम हाछेथुले जानकारी दिए।
उनका अनुसार बिहान ५ः३८ बजे पहिरो जाँदा राईको घर पहिरोमा परेको हो। घटनाबारे थप विवरण तथा मानवीय क्षतिको अवस्थाबारे जानकारी संकलन भइरहेको जनाइएको छ।