सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका असोज १६ गतेसम्म, असोज १९ गते बुक क्लोज

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका असोज १६ गतेसम्म, असोज १९ गते बुक क्लोज

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले प्रस्तावित लाभांश पारित गर्न २०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमध्ये ३.८ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२ प्रतिशत नगद लाभांश रहेको छ।

लाभांश तथा साधारणसभा प्रयोजनका लागि बैंकले असोज १९ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरू प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

बैंकको २०औँ वार्षिक साधारणसभा असोज २८ गते बुधबार बिहान ११ बजे अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा आयोजना हुनेछ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्ने, आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणमाथि छलफल गर्ने लगायतका प्रस्ताव पेश हुनेछन्। साधारणसभाबाट पारित भएपछि शेयरधनीले प्रस्तावित ३.८ प्रतिशत बोनस शेयर र ०.२ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्।