

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ४५१ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार मंगलबार बिहान ८ बजेसम्म १ हजार ४४९ जनाको शव फेला परेको छ भने काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको हो।
फेला परेका शवमध्ये रसुवामा २३६, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६७, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ रहेका छन्।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलन तथा आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३३ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका १ हजार ३२९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३४५ वटा डीएनए नमुना संकलन गरिएको छ।
पहिचान हुन बाँकी १ हजार ४२४ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ।
प्रहरीका अनुसार बाढीपछि अझै ४ हजार ७१८ जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको छ। यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा १ हजार ३४२ जना राखिएको प्रहरीले जनाएको छ।