संविधान दिवसमा टेलिकमको अफर, ४९९ रुपैयाँमा ३० दिनको अनलिमिटेड डेटा

संविधान दिवसमा टेलिकमको अफर, ४९९ रुपैयाँमा ३० दिनको अनलिमिटेड डेटा

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि ‘संविधान दिवस अफर २०८३’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत ग्राहकले अनलिमिटेड लाइट ४९९ र अनलिमिटेड प्रो ६९९ गरी दुई प्रकारका डेटा प्याकेज लिन सक्नेछन्।

४९९ रुपैयाँ (करसहित) पर्ने अनलिमिटेड लाइट प्याकेजमा ३० दिनसम्म दैनिक ५ जीबी डेटा उपलब्ध हुनेछ। दैनिक ५ जीबीको सीमा सकिएपछि पनि बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ।

त्यस्तै, बढी डेटा प्रयोग गर्ने ग्राहकका लागि **६९९ रुपैयाँ (करसहित)**मा अनलिमिटेड प्रो प्याकेज उपलब्ध छ। यसमा ३० दिनसम्म दैनिक १० जीबी डेटा पाइनेछ। १० जीबी सकिएपछि बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि भने रेन्टल शुल्कसमेत प्याकेजमै समावेश गरिएको छ। यो अफर असोज २ देखि असोज ४ गतेसम्म तीन दिन मात्र उपलब्ध हुनेछ। अफर लिन ग्राहकले मोबाइलबाट *1415*11# डायल गर्न वा नेपाल टेलिकम एप प्रयोग गर्न सक्नेछन्।