आशिका तामाङको प्रश्न : ग्यास हेरेर भोकै बस्न जनताले दुईतिहाइ दिएका हुन् ?

आशिका तामाङको प्रश्न : ग्यास हेरेर भोकै बस्न जनताले दुईतिहाइ दिएका हुन् ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले पसलमा ग्यास हुँदाहुँदै पनि उपभोक्ताले नपाउने अवस्था किन आएको भन्दै सरकारमाथि प्रश्न उठाएकी छन्।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ‘पसलमा ग्यास हेरेर भोकभोकै बस्नका लागि नै जनताले सरकारलाई दुईतिहाइ दिएका हुन् ?’ भन्दै प्रश्न गरिन्।

आफूकहाँ पसलमा ग्यास हुँदाहुँदै पनि नपाएको भन्दै जनताको गुनासो आएको उनले बताइन्। उनले सरकारभन्दा ठूलो माफिया कोही छ कि भन्दै प्रश्न गर्दै ग्यासको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताइन्।

‘यदि ग्यास छैन भने अहिले नै सरकारले घोषणा गरिदिनुपर्‍यो। जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्न सक्नुपर्‍यो,’ उनले भनिन्। मन्त्री परिवर्तन गर्दैमा ग्यासको समस्या समाधान नहुने टिप्पणी गर्दै तामाङले भनिन्, ‘ग्यासका लागि मात्रै मन्त्री परिवर्तन गर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ।’