

काठमाडौँ । सेयर बजारमा बुधबार १५.४३ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार परिसूचक २५४५.४० विन्दुमा झरेको हो। यस दिन ४ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कुल २७७ कम्पनीमध्ये ७४ वटाको सेयर मूल्य बढ्दा १९२ वटाको घटेको छ भने ११ कम्पनीको मूल्य अघिल्लो दिनकै स्तरमा कायम रह्यो।
अपर लोहोरे खोला हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। अन्य बढ्ने सेयरमध्ये कुनै पनि ६.४० प्रतिशतभन्दा बढी बढेनन्। यस्तै, इमर्जिङ नेपाल लिमिटेड र सिन्धु पावरको सेयर मूल्य १४.९९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो। उक्त कम्पनीको करिब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अन्य कम्पनीको कारोबार रकम १७ करोड रुपैयाँसम्म रहेको छ।