नेपाल टेलिकम कर्मचारीद्वारा २ करोड सहयोग

नेपाल टेलिकम कर्मचारीद्वारा २ करोड सहयोग

काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरूले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग गरेका छन्।

कर्मचारीको तर्फबाट संकलित सहयोग रकमको चेक नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन्। टेलिकमका अनुसार विभिन्न तहमा कार्यरत कर्मचारीको तलबबाट तहगत योगदानका आधारमा रकम कट्टा गरी सहयोग संकलन गरिएको हो।

कर्मचारीको योगदानबाहेक नेपाल टेलिकमले संस्थागत रूपमा पनि केही दिनभित्रै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै रकम जम्मा गर्ने प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए।