

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३४१ पुगेको छ। नेपाल प्रहरीले भदौ २१ गते बिहान ७ः४० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीमा बेपत्ता भएकामध्ये १ हजार ३४१ जनाको मृत्यु पुष्टि भएको जनाएको हो।
प्रहरीका अनुसार अझै ४ हजार ४४ जना सम्पर्कविहीन छन्। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको छ।