

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। लामिछानेले भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति तथा उद्धार, राहत र अन्य विपद् प्रतिकार्यका विषयमा भइरहेका कामबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।
यसअघि सोमबार नै लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्रीसँगको भेटमा उनले बाढीपछिको अवस्था तथा सरकारले सञ्चालन गरिरहेका उद्धार र राहतका कामबारे जानकारी लिएका थिए। प्रधानमन्त्रीसँग भेट गरेपछि लामिछाने राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।