

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ।
राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले सोमबार दिउँसो पार्टीका प्रदेशसभा सदस्यलाई ह्विप पठाउँदै विश्वासको मतसम्बन्धी प्रस्तावमा विपक्षमा मतदान गर्न, सम्भव नभए तटस्थ बस्न वा बैठकमा अनुपस्थित हुन निर्देशन दिएकी हुन्। मुख्यमन्त्री थापामगरले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।
यसअघि राप्रपाको प्रदेश संसदीय दलले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको भए पनि पार्टी केन्द्रीय नेतृत्वले उक्त निर्णय अस्वीकार गर्दै प्रदेश सरकारलाई समर्थन नगर्न निर्देशन दिएको थियो।