सल्यानमा भेरी नदीमा जिप खस्यो, दुई जना बेपत्ता

सल्यानमा भेरी नदीमा जिप खस्यो, दुई जना बेपत्ता

सल्यान । सल्यानको भेरी नदीमा बुधबार जिप खसेको छ। जिपमा चार जना सवार रहेको प्रहरीले जनाएको छ।

जिपमा सवारमध्ये दुई जना बाहिर निस्कन सफल भएका छन् भने अन्य दुई जनासहित जिप नदीमा खसेको बताइएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ। तर प्रहरी टोली अझै घटनास्थलमा पुगिनसकेको स्थानीयले बताएका छन्।

घटनाको थप विवरण आउन बाँकी छ।