

काठमाडौं । थाइल्यान्डबाट १८ किलो गाँजा बोकेर नेपाल आएका दुई भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका छन्। उनीहरूलाई नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरू क्याथे प्यासिफिकको उडानमार्फत बैंककबाट हङकङ हुँदै काठमाडौं आएका थिए।
पक्राउबाट बच्न उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा लगेज छाड्ने र केही दिनपछि नेपाली एजेन्टमार्फत उक्त लगेज बुझ्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।