विश्वकप सेमिफाइनलमा शीर्ष चार वरीयताकै दबदबा

विश्वकप सेमिफाइनलमा शीर्ष चार वरीयताकै दबदबा

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। क्वाटरफाइनलका सबै खेल सकिएसँगै फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ल्यान्ड अन्तिम चारमा पुगेका छन्। विशेष संयोग के छ भने फिफा विश्व वरीयताका शीर्ष चार टोलीले नै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

विश्व वरीयताको शीर्षस्थानमा रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो। यस्तै, स्पेनले बेल्जियमलाई २-१ तथा इङ्ल्यान्डले नर्वेलाई समान २-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे।

शनिबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हराउँदै सेमिफाइनल पुग्ने चौथो टोली बन्यो। अब उपाधि यात्राका लागि पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इङ्ल्यान्ड बीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ।