

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ। बन्दसत्रको उद्घाटन गर्दै पार्टी सभापति रवि लामिछानेले सहमतिबाट चयन गर्दा आफूले मन पराएको व्यक्तिलाई अझ नजिकको बनाउने अवस्था आउने भन्दै त्यसलाई रोक्न स्वस्थ निर्वाचनको प्रक्रियामा जानुपर्ने स्पष्ट पारे।
उनले पार्टीभित्र गुट–उपगुट नबनाई प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए। लामिछानेले प्रतिनिधिहरूलाई फोन–सम्पर्क वा प्रभाव प्रयोग नगरी निष्पक्ष रूपमा निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरे। सभापति लामिछानेले महाधिवेशनलाई संगठन सुदृढीकरण र लोकतान्त्रिक अभ्यासको अवसरका रूपमा उपयोग गर्न निर्देशन दिएका छन्।