पासपोर्ट खरिदमा भ्रष्टाचार आरोप, अख्तियारले मुद्दा दायर गर्ने निर्णय

पासपोर्ट खरिदमा भ्रष्टाचार आरोप, अख्तियारले मुद्दा दायर गर्ने निर्णय

काठमाडौं । पासपोर्ट खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ।

निर्णयसँगै अख्तियारको टोली आवश्यक कागजातसहित विशेष अदालत पुगेको छ। अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

अख्तियार उच्च स्रोतका अनुसार तीर्थराज भट्टराईलगायतलाई विपक्षी बनाएर मुद्दा दायर गर्ने तयारी गरिएको भए पनि अन्य प्रतिवादीहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन।

पासपोर्ट खरिदसम्बन्धी उक्त प्रकरणमा अनियमितता भएको निष्कर्षसहित आयोगले मुद्दा अघि बढाउने निर्णय गरेको हो। अब मुद्दा विशेष अदालतमा दर्ता भएपछि कानुनी प्रक्रिया अगाडि बढ्नेछ।