

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा जापान र नेदरल्यान्ड्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा चारै गोल दोस्रो हाफमा भएका थिए। ५१औँ मिनेटमा नेदरल्यान्ड्सका भर्जिल भान डाइकले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
तर ५७औँ मिनेटमा जापानका केइतो नाकामुराले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याए। त्यसपछि ६४औँ मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः २–१ को अग्रता दिलाए। खेल अन्त्यतिर ८९औँ मिनेटमा जापानका दाइची कामाडाले गोल गर्दै टोलीलाई हारबाट जोगाए र खेल २–२ को बराबरीमा सकिएको हो।