

काठमाडौं । नेपाली उपभोक्ताको मन जित्न सफल अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली (Burly) होम एप्लायन्सले यस सिजनका लागि आफ्नो कुलिङ पोर्टफोलियोमा नयाँ उचाइ कायम गरेको छ। ठूला व्यावसायिक प्रतिष्ठानहरूका लागि ३ शक्तिशाली कमर्सियल कूलर सार्वजनिक गरेको केही समयमै बर्लीले अब घरेलु र व्यक्तिगत प्रयोगका लागि थप १ नयाँ डेजर्ट र १ नयाँ पर्सनल कूलर बजारमा ल्याएको छ।
यो नयाँ लन्चसँगै बर्ली अब कुल २२ वटा एयर कूलर मोडलहरूका साथ नेपालकै सबैभन्दा विस्तृत र विविध रेन्ज भएको ब्रान्ड बन्न सफल भएको छ। नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स (CG Electronics) ले उपभोक्ताको हरेक आवश्यकता र बजेटलाई ध्यानमा राख्दै यी उत्पादनहरू उपलब्ध गराएको हो।
नयाँ थपिएका मोडलहरू:
१. Polo – 55L BLUE (डेजर्ट कूलर)
२२ मोडलको विरासत र प्रविधि
बर्लीले अहिले बजारमा पर्सनल, डेजर्ट, टावर र कमर्सियल (१०० देखि १३५ लिटरसम्म) गरी कुल २२ वटा फरक–फरक भेराइटीहरू उपलब्ध गराएको छ। यी सबै कूलरहरूमा निम्न अत्याधुनिक विशेषताहरू रहेका छन्:
“हामीले छोटो समयमै कूलर बजारमा जुन आक्रामक विस्तार गरेका छौँ, त्यसले बर्लीप्रतिको ग्राहकको विश्वासलाई झल्काउँछ। ३ शक्तिशाली कमर्सियल जायन्ट लगत्तै १ डेजर्ट र १ पर्सनल कूलर थपिनुले हामी नेपाली ग्राहकका सानो कोठादेखि विशाल हलसम्मका हरेक आवश्यकता पुरा गर्न सक्षम छौँ भन्ने प्रमाणित गर्छ।” — प्रवक्ता, सीजी इलेक्ट्रोनिक्स।
Burly Home Appliances बारे
Burly Home Appliances एक द्रुत–गति विस्तार भइरहेको अन्तर्राष्ट्रिय ब्रान्ड हो, जसले कूलिङ, हीटिङ, किचेन र होम–कम्फर्ट श्रेणीका उत्पादहरूमा आधुनिक, दीगो र ऊर्जा–दक्ष समाधान प्रदान गर्छ।
प्रिमियम निर्माण र उपभोक्ता–मैत्री प्रदर्शनका कारण बर्ली दक्षिण एसियाली बजारमा छिट्टै लोकप्रिय बनेको छ। नेपाल Burly को लागि महत्वपूर्ण बजारका रूपमा स्थापित हुँदै आएको छ, जहाँ उत्पादनहरू CG Electronics मार्फत मात्र उपलब्ध छन्।
CG Electronics बारे
देशभर रहेका २१ वटा सिजी डिजिटल (CG Digital) का शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np मार्फत सहज र सुलभ तरिकाले ग्राहक वर्गहरूले खरिद गर्न सक्नेछन्। अझ महत्त्वपूर्ण कुरा, ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट सेवा र प्राविधिक सहयोग सुनिश्चित गरिएको छ।