देशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

देशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यूनचापीय क्षेत्रका कारण देशका विभिन्न भागमा मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।

महाशाखाले लुम्बिनी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशसहित देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने जनाएको छ। साथै तराईका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति भने कोशी प्रदेशलगायत हिमाली क्षेत्रमा सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ भने मधेश तथा अन्य पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूले मेघगर्जन, चट्याङ तथा वर्षाका कारण सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।