महासंघ निर्वाचन : एसोसियटतर्फ १७ सदस्य निर्वाचित, सचिन सर्वाधिक मतसहित विजयी

महासंघ निर्वाचन : एसोसियटतर्फ १७ सदस्य निर्वाचित, सचिन सर्वाधिक मतसहित विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत एसोसियट समूहको सदस्य पदको मतगणना सम्पन्न भएको छ।

अन्तिम मतपरिणामअनुसार सर्वाधिक मत प्राप्त गर्दै सचिन ढकाल १,३१८ मतसहित पहिलो स्थानमा विजयी भएका छन्। त्यसैगरी हेमन्त गोल्छा ले १,२०२ मत र अम्बिकाप्रसाद पौडेल ले १,१८३ मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेका छन्।

निर्वाचित १७ सदस्यहरूको सूची यसप्रकार छः
१. सचिन ढकाल – १,३१८
२. हेमन्त गोल्छा – १,२०२
३. अम्बिकाप्रसाद पौडेल – १,१८३
४. शक्तिकुमार वेगानी – १,१४२
५. उज्जवलकुमार श्रेष्ठ – १,१४०
६. ऋषि अग्रवाल – १,१२२
७. सुशील थापा – १,०९४
८. राजेशकुमार अग्रवाल – १,०८२
९. सुयस प्याकुरेल – १,०६९
१०. रामशरण भण्डारी – १,०४३
११. बाबुकाजी कार्की – १,००६
१२. देवराज रेग्मी – ९५४
१३. बाबु लामिछाने – ८६०
१४. ढोलप्रसाद अधिकारी – ८५८
१५. गोपाल खनाल – ८०४
१६. भरत रानाभाट – ७८८
१७. देशबन्धु बस्नेत (अजित) – ७७८

निर्वाचन समितिका अनुसार सदस्य पदको मतगणना सकिएसँगै अब एसोसियट उपाध्यक्ष तथा महिला सदस्य पदको मतगणना सुरु गरिनेछ।