सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी, राष्ट्रपतिद्वारा कानुनी संशोधन अघि बढ्यो

सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी, राष्ट्रपतिद्वारा कानुनी संशोधन अघि बढ्यो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो। यसैदिन राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अर्को अध्यादेश पनि जारी गरेका छन्, जसले कानुनी सुधारको प्रक्रियालाई थप गति दिएको छ।