

काठमाडौँ । नेपालको भौगोलिक अवस्था र व्यवसायीक वातावरणलाई नजिकबाट बुझेको नेपालकै अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजी (CG) ले नेपाली बजारमा आफ्ना चेष्ट फ्रिजरहरूको वृहत् रेन्ज उपलब्ध गराउँदै आएको छ। ११० लिटरदेखि १००० लिटरसम्मको विशाल क्षमतामा उपलब्ध २८ वटा उत्कृष्ट मोडलहरू र कम्प्रेसरमा ६० महिना (५ वर्ष) को विशेष वारेन्टीका साथ सीजीले नेपाली उपभोक्ताहरूको मन जितिरहेको छ।
गर्मीको मौसममा चेष्ट फ्रिजरको महत्त्व: किन छ यो अनिवार्य?
नेपालको बढ्दो गर्मी र तापक्रममा खाद्य सामग्रीहरूको सुरक्षा र ताजगी कायम राख्नु एउटा ठूलो चुनौती हो। यस्तो अवस्थामा सीजी चेष्ट फ्रिजर निम्न कारणले बरदान साबित भइरहेको छ:
किन रोज्ने त सीजी (CG)?

बजारमा धेरै विकल्पहरू भए तापनि नेपाली व्यवसायी र घरधुरीले सीजीलाई नै रोज्नुका मुख्य कारणहरू यस प्रकार छन्:
४० वर्षको भरोसा र देशव्यापी सञ्जाल
देशभर रहेका २१ वटा सिजी डिजिटल (CG Digital) का शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np मार्फत सहज र सुलभ तरिकाले ग्राहक वर्गहरूले खरिद गर्न सक्नेछन्। अझ महत्त्वपूर्ण कुरा, ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट सेवा र प्राविधिक सहयोग सुनिश्चित गरिएको छ।
“नेपाली व्यवसायीको हात बलियो बनाउनु र घरधुरीलाई आधुनिक सुविधायुक्त बनाउनु नै हाम्रो मुख्य लक्ष्य हो,” सिजी इलेक्ट्रोनिक्सका एक अधिकारीले बताए। “Experience Life with CG” को मूल नारालाई आत्मसात गर्दै सीजीले सधैं नेपालीहरूको जीवनस्तर उकास्ने र समृद्धिको सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गर्दछ।