टाटा हिटाचीको “हाइड्रो पावर कस्टमर मिट” सम्पन्न, विश्वसनीयता र कार्यक्षमतामा जोड

टाटा हिटाचीको “हाइड्रो पावर कस्टमर मिट” सम्पन्न, विश्वसनीयता र कार्यक्षमतामा जोड

काठमाडौं । दुगड अर्थमुभर्स प्रा. लि. ले Tata Hitachi Construction Machinery Company Limited सँगको सहकार्यमा “हाइड्रो पावर कस्टमर मिट” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा हाइड्रो परियोजना सञ्चालक, ठेकेदार तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा टाटा हिटाचीका अन्तर्राष्ट्रिय प्रतिनिधिहरू—जयकारा काल्माडी (एक्सपोर्ट हेड), सौरभ गुप्ता (सार्क कन्ट्री हेड) र गोपी नाथ (एक्सपोर्ट एडमिन)—को उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगडले स्वागत मन्तव्यसहित गर्दै नेपालका हाइड्रोपावर परियोजनामा दिगो सहकार्यको आवश्यकता औंल्याउनुभयो । त्यसैगरी, कार्यकारी निर्देशक शुभम दुगडले समूहको व्यवसायिक पोर्टफोलियो तथा पूर्वाधार विकासमा पुर्‍याएको योगदानबारे प्रस्तुति दिनुभयो ।

प्राविधिक सत्रमा जयकारा काल्माडीले टाटा हिटाचीको इतिहास र अन्तर्राष्ट्रिय उपलब्धिहरू प्रस्तुत गर्नुभयो भने सौरभ गुप्ताले एक्स्काभेटर तथा ब्याकहो लोडरहरूको उत्पादन दायरा, हाइड्रो परियोजनामा तिनको प्रयोग, कार्यक्षमता र फाइदाबारे विस्तृत जानकारी दिनुभयो । साथै, व्यापार प्रमुख निरज सापकोटाले हाइड्रोपावर निर्माणका लागि उपयुक्त मेसिनबारे प्रकाश पार्नुभयो ।

कार्यक्रमको मुख्य आकर्षण टाटा हिटाची उपकरणहरूको उच्च विश्वसनीयता (Reliability), टिकाउपन (Durability) र कठिन भौगोलिक अवस्थामासमेत उत्कृष्ट प्रदर्शन क्षमतामा केन्द्रित थियो । सो अवसरमा Sinrai Power Backhoe Loader, EX 215 Quarry Excavator र ZX 220 LC Ultra Excavator जस्ता मेसिनहरू प्रदर्शनमा राखिनुका साथै विशेष वारेन्टी योजना पनि सार्वजनिक गरिएको थियो ।

कार्यक्रमको समापन एमभी दुगड समूहका उपाध्यक्ष विवेक दुगडले धन्यवाद ज्ञापन गर्दै गर्नुभयो । सहभागीहरूको सक्रिय सहभागिताले अनुभव आदान–प्रदान, सहकार्य विस्तार तथा भविष्यका अवसर पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।