

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्दै दुई लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन आइतबार सुनको मूल्य तोलामा दुई लाख ९७ हजार १ सय रुपैयाँ कायम रहेको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी तोलामा ७५ रुपैयाँले घटेर ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य ४ हजार ९७५ रुपैयाँ रहेको थियो।