सार्वजनिक सवारीको भाडा वृद्धि, यात्रुवाहकमा १६.७१ प्रतिशतसम्म बढ्यो

सार्वजनिक सवारीको भाडा वृद्धि, यात्रुवाहकमा १६.७१ प्रतिशतसम्म बढ्यो

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले नयाँ भाडादर लागू गरेको हो।

विभागका अनुसार वैज्ञानिक प्रणालीका आधारमा भाडा समायोजन गरिएको जनाएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएसँगै नेपालमा पनि इन्धनको मूल्य बढ्दै गएको छ। यही कारण देखाउँदै यातायात व्यवसायीहरूले भाडा वृद्धि गर्न माग गर्दै आएका थिए।

नयाँ समायोजनअनुसार यात्रुवाहक सवारीतर्फ १६.७१ प्रतिशत भाडा वृद्धि भएको छ। त्यसैगरी मालवाहक सवारीमा तराई क्षेत्रमा १५.७५ प्रतिशत र पहाडी क्षेत्रमा २१.६८ प्रतिशतले भाडा बढाइएको विभागले जनाएको छ।