गर्मीले होइन, क्रम्प्टन ले जित्छ” – क्रम्प्टन को नयाँ वर्ष २०८३ अफर सार्वजनिक

गर्मीले होइन, क्रम्प्टन ले जित्छ” – क्रम्प्टन को नयाँ वर्ष २०८३ अफर सार्वजनिक

काठमाडौं । सिजी इलेकट्रोनिक्सले क्रम्प्टन ब्रान्डअन्तर्गत नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै “गर्मीले होइन, क्रम्प्टन ले जित्छ” भन्ने मुख्य सन्देशसहित विशेष उपभोक्ता अफर सार्वजनिक गरेको छ। गर्मी मौसमलाई लक्षित गरी ल्याइएको यस क्याम्पेनले उपभोक्ताहरूलाई उत्कृष्ट कूलिङ समाधानसँगै आकर्षक उपहार जित्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।

यस अफरअन्तर्गत क्रम्प्टन का विभिन्न उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले QR कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्न सक्नेछन्। दर्ता भएका सहभागीहरूलाई कम्प्युटराइज्ड प्रणालीमार्फत लक्की ड्रमा समावेश गरिनेछ।

यस योजनामा बम्पर उपहारस्वरूप माइडिया को 236 लिटर डबल डोर रेफ्रिजेरेटर राखिएको छ भने प्रत्येक पन्ध्र दिनमा Crompton Mixer Grinder जित्ने अवसर पनि प्रदान गरिएको छ।

क्रम्प्टन ८५ वर्षभन्दा बढीको इतिहास बोकेको, भारतकै नम्बर १ पङ्खा ब्रान्ड हो। यसले पङ्खा, एयर कूलर, वाटर हिटर, मिक्सर ग्राइन्डर लगायतका घरायसी उपकरणहरू उत्पादन गर्दै आएको छ। ऊर्जा दक्षता, टिकाउपन तथा प्रयोगमैत्री डिजाइन क्रम्प्टन का मुख्य विशेषता हुन्।

CG Electronics, चौधरी समूह अन्तर्गतको अग्रणी उपभोक्ता इलेकट्रोनिक्स कम्पनी हो, जसले नेपालभर आफ्ना शोरूम तथा अधिकृत डिलर नेटवर्कमार्फत क्रम्प्टन लगायतका अन्तर्राष्ट्रिय ब्रान्डहरू वितरण गर्दै आएको छ।

यस नयाँ वर्षमा “गर्मीले होइन, क्रम्प्टन ले जित्छ” भन्ने सन्देशसहित सुरु गरिएको यस अफरले उपभोक्ताहरूलाई सहज, भरपर्दो र लाभदायक खरिद अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ।

अब तपाईं पनि नजिकैको अधिकृत डिलर वा शोरूमबाट क्रम्प्टन का उत्पादन खरिद गरी QR कोड स्क्यान गर्नुहोस् र यस नयाँ वर्ष अफरमा सहभागी भई आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नुहोस्। सर्तहरू लागू हुनेछन्।