सेन्सेइले नयाँ बर्ष २०८३ मा आफ्ना ग्राहकलाइ पक्का उपहार तथा क्यास व्याक सहित  Hero Splendor+ चडाउने

सेन्सेइले नयाँ बर्ष २०८३ मा आफ्ना ग्राहकलाइ पक्का उपहार तथा क्यास व्याक सहित  Hero Splendor+ चडाउने

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर “Engineered in Japan” अवधारणामा आधारित सेन्सई ब्रान्डले “सेन्सेइ किनिन्छ, Hero Splendor+ चढिन्छ” उपभोक्ता योजना सार्वजनिक गरेको छ। दैनिक जीवनलाई सहज र आधुनिक बनाउने घरायसी उपकरणसँगै उपभोक्तालाई उत्साहजनक लाभ प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ।

यस योजनाअन्तर्गत सेन्सेइ का विभिन्न Home Appliances खरिद गर्दा ग्राहकहरूले रु. २८,७०० सम्मको Instant Cashback प्राप्त गर्न सक्नेछन्। साथै, उत्पादनअनुसार निश्चित उपहारको पनि व्यवस्था गरिएको छ। Front Load Washing Machine खरिदमा ६ केजी Ariel तथा Semi-Automatic Washing Machine खरिदमा १ केजी Ariel भने Air Conditioner खरिदमा Free Installation सुविधा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई थप सहजता प्रदान गर्नेछ।

अभियानको मुख्य आकर्षणका रूपमा Hero Splendor+ मोटरसाइकल बम्पर उपहार राखिएको छ। ग्राहकहरूले QR code स्क्यान गरी आफ्नो विवरण दर्ता गरेपछि Lucky Draw मा सहभागी हुन सक्नेछन्, जसबाट भाग्यशाली एक जनाले उक्त मोटरसाइकल जित्ने अवसर प्राप्त गर्नेछन्।

सेन्सेइ, चौधरी समूहअन्तर्गतको ब्रान्ड हो, जसले नेपाली बजारमा Refrigerator, AC, Washing Machine, Air Cooler, Vacuum Cleaner, Chest Freezer, LED TV लगायतका विभिन्न उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। जापानी प्रविधिमा आधारित डिजाइन, टिकाउपन र किफायती मूल्यका कारण सेन्सेइ ले छोटो समयमै उपभोक्तामाझ विश्वासिलो ब्रान्डको रूपमा आफ्नो स्थान बनाएको छ।

नेपालभर CG Electronics मार्फत उपलब्ध सेन्सेइ ब्रान्डले आफ्ना शोरूम तथा अधिकृत डिलर नेटवर्कमार्फत सहज पहुँच सुनिश्चित गर्दै आएको छ। नयाँ वर्षको अवसरमा ल्याइएको यस योजनाले उपभोक्तालाई भरपर्दो र लाभदायक खरिद अनुभव प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

ग्राहकहरूले नजिकैको अधिकृत डिलर वा शोरूमबाट सेन्सेइ का उत्पादन खरिद गरी Cashback, निश्चित उपहार तथा QR Code स्क्यानमार्फत यस योजनामा सहभागी भई बम्पर पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन्। सर्तहरू लागू हुनेछन्।