

काठमाडौं । CG Electronics अन्तर्गतको विश्वसनीय ब्रान्ड सेन्सेइ (Sensei) ले ग्राहकलाई लक्षित गर्दै विशेष AC Service & Exchange Campaign सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले बिना शुल्क AC सर्भिस, आकर्षक एक्सचेन्ज सुविधा तथा नयाँ सेन्सेइ (Sensei) AC खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
बढ्दो गर्मी मौसमलाई मध्यनजर गर्दै सुरु गरिएको यस अभियानले उपभोक्तालाई सहज, किफायती तथा गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीले जनाएको छ। सेन्सेइ (Sensei) ब्रान्डका आधुनिक प्रविधियुक्त एयर कन्डिसनरहरू अब नेपाली बजारमा सहज रूपमा उपलब्ध रहेका छन्।
यस अभियानअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो AC सर्भिस गराउँदा Service Charge पूर्ण रूपमा निःशुल्क पाउनेछन् भने आवश्यक पर्ने Spare Parts मा ५०% सम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै, नयाँ सेन्सेइ (Sensei) AC खरिद गर्ने ग्राहकलाई २०% सम्म विशेष छुट समेत उपलब्ध हुनेछ।
त्यसैगरी, ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो AC साटेर नयाँ सेन्सेइ (Sensei) AC लिन सक्ने Exchange Offer समेत ल्याइएको छ, जसमा ५०% सम्म अतिरिक्त मूल्याङ्कन (Additional Valuation) प्राप्त गर्न सकिन्छ।
यस अभियानअन्तर्गत सेन्सेइ (Sensei) AC खरिद गर्ने ग्राहकलाई रु. ४,००० बराबरको Free Installation सुविधा पनि प्रदान गरिनेछ। साथै, एक्सचेन्ज गर्ने ग्राहकलाई थप सुविधा प्रदान गर्न रु. ३,००० बराबरको दुई वटा Service Coupon पनि निःशुल्क उपलब्ध गराइनेछ, जुन ६ महिनासम्म मान्य रहनेछ।
सेन्सेइ (Sensei) का एयर कन्डिसनरहरू आधुनिक प्रविधि तथा उत्कृष्ट प्रदर्शनका लागि परिचित छन्। यसमा Inverter Compressor, Convertible Technology, WiFi Enabled Control, 3-in-1 Air Filter, Low Voltage Start Up तथा 4 Way Swing जस्ता अत्याधुनिक सुविधाहरू समावेश गरिएको छ, जसले ऊर्जा बचतसँगै उच्चस्तरीय कूलिङ अनुभव प्रदान गर्दछ।
कम्पनीका अनुसार सेन्सेइ (Sensei) ब्रान्डका यी प्रविधियुक्त AC हरू नेपाली उपभोक्ताको आवश्यकता अनुसार डिजाइन गरिएका छन्, जसले कम भोल्टेजमा पनि सहज रूपमा सञ्चालन हुने तथा घर तथा कार्यालय दुवैका लागि उपयुक्त समाधान प्रदान गर्नेछन्।
नयाँ AC मा अपग्रेड गर्ने प्रक्रियालाई अझ सहज बनाउन सेन्सेइ (Sensei) र CG Electronics ले CGX Elex मार्फत सरल EMI सुविधा पनि उपलब्ध गराएको छ। यस सुविधामार्फत ग्राहकहरूले लचिलो भुक्तानी योजनासहित नयाँ सेन्सेइ (Sensei) AC सजिलै खरिद गर्न सक्नेछन्।
निःशुल्क AC सेवा तथा यस अभियानसम्बन्धी सुविधा लिन चाहने ग्राहकहरूले CG Care को आधिकारिक QR कोड स्क्यान गरेर वा सेवा हटलाइन 166-00-102-211, 166-00-100-211 तथा 01-5970122 मा सम्पर्क गरी दर्ता गर्न सक्नेछन्। यस पहलमार्फत सेन्सेइ (Sensei) ले नेपालभरका उपभोक्तालाई आधुनिक कूलिङ प्रविधि, विश्वसनीय सेवा र ग्राहकमैत्री समाधान उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पुनः स्पष्ट गरेको छ।
यो विशेष अभियान फागुन २४ गतेदेखि सीमित अवधिका लागि लागू हुने जनाएको छ। ग्राहकहरूले देशभरका आधिकारिक डिलरमार्फत सेन्सेइ (Sensei) AC खरिद गर्न सक्नेछन्।