नेपाल बैंकको ६६औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल बैंकको ६६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। पौष ३० गते सञ्चालक समितिका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त तथा सुविधा स्वीकृत गर्दै महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भएपछि लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि अनुमोदन गरेको छ।

यसैगरी बैंकको नियमावलीको नियम ३१ बमोजिम सञ्चालकको पारिश्रमिक, भत्ता तथा सुविधासम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पारित गरिएको छ। उक्त संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा फेरबदल आएमा त्यसअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ।