राष्ट्रिय वाणिज्य बैंकको क्रेडिट कार्ड प्रयोग गरी लिन सकिन्छ ‘फाइदै फाइदा’

राष्ट्रिय वाणिज्य बैंकको क्रेडिट कार्ड प्रयोग गरी लिन सकिन्छ ‘फाइदै फाइदा’

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक विशेषतासहितको क्रेडिट कार्ड सुविधा सञ्चालनमा ल्याएको छ । बैंककाअनुसार यस कार्डको प्रयोग गरेर ग्राहकले दैनिक जीवनका आर्थिक आवश्यकता सहज र सुरक्षित रूपमा पूरा गर्न सक्नेछन् ।

‘जीवन सहज बनाई दिने आफ्नैले त हो नी – राष्ट्रिय वाणिज्य बैंक,’ भन्ने नारासहित सार्वजनिक गरिएको यो सेवामा बैंकले ग्राहकको आवश्यकताअनुसार २० हजारदेखि ५ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड लिमिट उपलब्ध गराउने जनाएको छ ।

यो कार्ड नेपाल, भारत र भुटानमा सहज रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । साथै, बजारमा उपलब्ध अन्य सेवाको तुलनामा प्रतिस्पर्धी ब्याजदरमा सुविधा दिइने बैंकको दाबी छ ।

राष्ट्रिय वाणिज्य बैंकले आफ्नो खातामा तत्काल रकम नहुँदा पनि तोकिएको लिमिटभित्र आर्थिक कारोबार गर्न सकिने भएकाले यो सेवा ग्राहकका लागि थप उपयोगी हुने विश्वास लिएको छ ।