फ्ल्याक्स सिड र कागतीको बीउ मिसिएको दहीले कपाललाई बनाउँछ चम्किलो र मजबुत

फ्ल्याक्स सिड र कागतीको बीउ मिसिएको दहीले कपाललाई बनाउँछ चम्किलो र मजबुत

काठमाडौं । कपाल झर्ने समस्या मौसम परिवर्तन, कडा पानी, रासायनिक पदार्थको प्रयोग वा हेरचाहको कमीका कारण देखिन सक्छ। तर, डाक्टर र पोषणविद्हरूका अनुसार यसको एक प्रमुख कारण शरीरमा आवश्यक पोषक तत्वको कमी हो।

यदि पोषणको कमीका कारण कपाल झर्न थालेको छ भने, डाइटिशियनहरूले सुझाएको एउटा सरल तर प्रभावकारी उपाय तपाईंका लागि उपयोगी हुन सक्छ। गाईको दूधबाट बनेको दहीमा विशेष बीउको धूलो मिसाएर नियमित सेवन गर्नाले कपाल झर्ने कम हुन्छ र वृद्धि हुन्छ।

कसरी बनाउने?
– गाईको दूधको दहीमा एक चम्चा फ्ल्याक्स सिड (आलसको बीउ) को धूलो मिसाउनुहोस्।
– कागतीको बीउलाई हल्का भुटेर धूलो बनाएर त्यही दहीमा थप्नुहोस्।
यो मिश्रणबाट शरीरलाई ओमेगा–३ फ्याटी एसिड र प्रोबायोटिक्स प्राप्त हुन्छ, जसले कपालको जरासम्म पोषण पु-याउँछ।

अर्को उपाय – फ्ल्याक्स सिड जेल
फ्ल्याक्स सिड उमाल्दा निस्कने जेललाई हेयर मास्कको रूपमा पनि प्रयोग गर्न सकिन्छ।
– केही फ्ल्याक्स सिड पानीमा उमाल्नुहोस्।
– जेल निस्केपछि चिसो पारेर कपडाले छानेर निकाल्नुहोस्।
– यो जेललाई सीधा टाउकोमा लगाउन वा दहीसँग मिसाएर मास्क बनाउन सकिन्छ।
– ३०–४५ मिनेट लगाएर राखेपछि पानीले धोएर हटाउनुहोस्।

यो उपायले कपाल झर्ने मात्र कम गर्दैन, कपाललाई नरम, बाक्लो र चम्किलो पनि बनाउँछ।