बच्चा मोबाइलको लतमा छन्? यी ५ उपाय अपनाउनुहोस्

बच्चा मोबाइलको लतमा छन्? यी ५ उपाय अपनाउनुहोस्

काठमाडौं । स्मार्टफोन अहिलेको जीवनशैलीको अभिन्न हिस्सा बनेको छ। तर यही प्रविधिले बालबालिकाको दैनिकीमा गम्भीर असर पार्न थालेको छ। मोबाइलमा अत्यधिक निर्भरता बालबालिकाको अध्ययन, शारीरिक गतिविधि र सामाजिक व्यवहारमा प्रतिकूल असर पारिरहेको छ।

पहिलेको जमानामा बच्चाहरू खुलेर खेल्थे, तर अहिले अधिकांश बालबालिका मोबाइल स्क्रिनमा नै सीमित छन्। यस्तो स्थितिमा धेरै अभिभावक छोराछोरीको मोबाइल लतबाट चिन्तित छन्। यदी तपाईं पनि यही समस्याबाट गुज्रिरहनु भएको छ भने, यी सुझावले तपाईंलाई मद्दत गर्न सक्छ:

१. बाहिरी खेलकुदमा लगाउनुहोस्

बालबालिकालाई मोबाइलबाट टाढा राख्नका लागि उनीहरूलाई पौडी, साइक्लिङ, मार्शल आर्ट्स, फुटबल, बास्केटबलजस्ता बाहिरी खेलहरूमा संलग्न गराउनुहोस्। यसले उनीहरूमा सहकार्य, आत्मविश्वास र सामाजिकता बढाउँछ।

२. फोन नजरबाट टाढा राख्नुहोस्

मोबाइल सुत्ने कोठामा नलैजाने, खाना खाँदा वा पढ्दा प्रयोग नगर्ने बानी बसाल्नुहोस्। बच्चा सानो छ भने उसलाई छुट्टै फोन दिने निर्णय पुनर्विचार गर्नुहोस्।

३. स्क्रिन टाइमको सिमा निर्धारण गर्नुहोस्

मोबाइल पूर्ण रूपमा हटाउनु गाह्रो भए पनि दैनिक स्क्रिन समय सीमित गर्नुहोस्। उदाहरणका लागि, एक दिनमा १ घण्टा मात्र मोबाइल प्रयोग गर्न दिने नियम बनाउनुहोस्।

४. परिवारसँग समय बिताउनुहोस्

बालबालिकालाई एक्लोपन महसुस हुन नदिनुहोस्। उनीहरूसँग नियमित कुराकानी गर्नुहोस्, सँगै खेल खेल्नुहोस् र पारिवारिक वातावरण रमाइलो बनाउनुहोस् ताकि उनीहरू मोबाइलभन्दा परिवारलाई रोजुन्।

५. आफैं सकारात्मक उदाहरण बन्नुहोस्

बच्चाले जे देख्छ, त्यही सिक्छ। यदि तपाईं नै मोबाइलमा व्यस्त रहनुहुन्छ भने, उसले पनि त्यही गर्नेछ। तसर्थ, आफ्नो मोबाइल प्रयोग सीमित गरी उदाहरण बन्नुहोस्।

यी उपायहरू अपनाएर तपाईं बालबालिकालाई मोबाइलको लतबाट बिस्तारै टाढा लैजान सक्नुहुन्छ। लगातार सहकार्य, सहनशीलता र सकारात्मक वातावरणमार्फत यो परिवर्तन सम्भव छ।