कसरी जान्छ भूकम्प, यस्तो बेला कस्तो सावधानी अपनाउने?

कसरी जान्छ भूकम्प, यस्तो बेला कस्तो सावधानी अपनाउने?

काठमाडौं । आज बिहानै काठमाडौंमा ठूलो भूकम्पको धक्का महशुस गरिएको छ। भूकम्प एक दैवी तथा प्राकृतिक विपत्ति हो। अकल्पनीय र अनुमान गर्न नसकिने ठूलो विपत्ति हो भूकम्प । भूकम्प अकल्पनीय आउने भएकाले यसले ठूलो धनजनको क्षति गर्दै आएको छ। २०७२ सालको विनाशकारी भूकम्पले नेपालमा आठ हजारभन्दा बढीको ज्यान लिएको थियो।

भूकम्पले कतिपय अवस्थामा एक सेकेन्डमा सयौंको ज्यान लिन सक्छ। भूकम्प चार किसिमले जाने गरेको भूकम्पविद्को भनाइ छ। पहिलोमा टेक्टोनिक प्लेटको चालको कारण, दोस्रो ज्वालामुखी विष्फोटका कारण, तेस्रो कोल्याप्स भूकम्पका कारण र चौथो भनेको आणविक परीक्षणका कारण।

पृथ्वीमा सात वटा मूख्य प्लेट हुन्छन्। ती सात वटै प्लेटसँगै हिडिरहेका हुन्छन्। ती प्लेट एकआपसमा ठोक्किँदा भूकम्प जाने भूकम्पविद्को भनाइ छ। प्लेट ठोक्किएको ठाउँमा ठूलो भूकम्प गएको महशुस हुने बताइएको छ।

पृथ्वीको सतह भन्दा ३० किलो मिटर माथिबाट आउने स्यालो, ३० देखि ७० किलो मिटरसम्मको मिडियम र ३० देखि ३ सय किलो मिटरसम्मको डिप भूकम्प हो। पृथ्वीमा भूकम्प जाँदा बढि क्षति गर्ने ३० किलोमिटरको स्यालो हो। माथिबाट जाने भूकम्प जोखिमयुक्त हुने बताइएको छ।

भूकम्प जहिले पनि दुई वटा वेभ मार्फत जान्छ। पहिलो बडि वेभ र दोस्रो सर्फिस वेभ हो। बडि वेभमा प्राइमरी र सेकेन्डरी र सर्फिस वेभमा रेली र लव भन्ने फरक फरक प्रकारका वेभ हुन्छन्। विभिन्न सिद्धान्तका अनुसार भूकम्प होरिजोन्टल र भर्टिकल वेभबाट जान्छ। तर, कहिलेकाहीं यी दुवै वेभबाट जाने गर्छ। यसरी गयो भने यसले पृथ्वीमा ठूलो असर पुर्‍याउँछ।

भूकम्प जहिले पनि रेक्टरस्केल र इन्टेन्सिटी गरी दुई किसिमले मापन गरिन्छ। अहिले रेक्टरस्केलको विकास भइसकेपछि इन्टेन्सिटी माध्यमको कम मात्रामा प्रयोग भएको पाइन्छ।

भूकम्प कहिले जान्छ भनेर अनुमान गर्न सकिँदैन। त्यसैले कसरी पूर्वतयारी अपनाउने भन्ने अन्यौल रहन्छ। तर, घरमा आपत्कालीन अवस्थामा चाहिने कुरा साथमै राख्नुपर्छ। त्यस्ता कुरामा अतिरिक्त पानी, टर्च, प्राथमिक उपचार किट र केही खानेकुरा पर्दछन्।

भूकम्प आउँदा भागदौड मच्चाउनु हुँदैन। यसले चोटपटकको जोखिम रहन्छ। हामीले भाग्दासम्म भूकम्प सकिसकेको हुन्छ। त्यसैले अमेरिकाको भौगर्भिक निकाय यूएसजीएसले आफू रहेकै ठाउँमा बसिराख्नु उपयुक्त हुने जनाएको छ। ‘ड्रप, कभर र होल्ड अन’ अर्थात् ‘निहुरिनु, छेकिनु र रोकिनु’ सुरक्षित रहने युवयुक्त भएको विज्ञहरूको भनाइ छ।

हातलाई तल पारेर घुँडा टेकेर बस्दा माथिबाट झर्ने वस्तुबाट जोगिन सकिन्छ। नजिकै कुनै अन्य आश्रयस्थल नभएमा टेबल वा डेस्कमुनि बसेको बेला भूकम्प नरोकिँदासम्म समातेर बस्ने सल्लाह दिइएको छ।

जोगिने प्रारम्भिक उपायमध्ये ढोकामुनि उभिनु पनि हो। घरका झ्याल र अग्रभाग प्रायः पहिलो चरणमै भत्किन्छन्। त्यसैले यस्ता खतरायुक्त क्षेत्रबाट टाढा बस्न सल्लाह दिइएको छ।