बिहानै ४.४ रेक्टर स्केलको भूकम्प

बिहानै ४.४ रेक्टर स्केलको भूकम्प

काठमाडौं । मुगुमा भूकम्प भएको छ। आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रेक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो। यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो। पछिल्लो समय देशैभर भूकम्प गइरहेको छ।